बिहीवार मनाईने श्रीपञ्चमी अर्थात सरस्वती पुजाको तयारीमा विद्यार्थीहरु जुटेका छन । प्रत्येक वर्ष झै यस वर्ष पनि आफुहरु शान्तिपुर्ण रुपमा सरस्वती पुजाको तयारीमा जुटेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ स्थित चाईल्ड केयर बो.स्कुलका प्रिन्सिपल अमन यादवले बताएका छन । उनले भने यस वर्ष विद्यालयमा सरस्वती पुजाको अवसरमा बाल सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *