जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित रहेको मोडर्न ई.से.बो. स्कुलले नि ः शुल्क भर्ना लगायतका सुविधा दिइ सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वती माताको पुजा, आरधना गराउदै साना साना भाई बहिनीहरुलाई अक्षराम्भ गर्ने कार्यक्रम गरी सरस्वती पजा मनाईदै छ ।

विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी हिन्दु नेपालीहरुले आज सरस्वती पूजा मनाउदै छन् । बालबालिकालाई अक्षर आरम्भ गराउने सर्वोत्तम दिन मानेर पठनपठन सुरु गरिन्छ । मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने धार्मिक विश्वास छ ।

विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आआफ्ना कलासाधनाका उपादानहरु कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्दछन् । सूर्य उत्तरतिर लागि दिन लामा हुनेर बसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई बसन्तपञ्चमी पनि भन्ने गरिन्छ ।

आजबाट शिशीर ऋतुको समाप्ति र वसन्त ऋृतुको सुरुवात हुने गर्दछ । हिन्दुधर्मालम्वीका साथै बौद्ध धर्मालम्बीहरुले पनि विद्याका प्रतीक मञ्जुश्रीको पुजाआरधना गर्ने चलन छ ।

विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ । विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गर्दैछ अनि गणेश, विष्णु, शिव अनि सूर्यको अर्चना गरिँदै सरस्वतीको उपासना गरिन्छ । बिशेष गरेर बिधालयहरुमा आझ बिभीन्न कार्यक्रमहरु गर्दै मिठा मिठा मिठाईहरु खाएर सरस्वती पुजा मनाईने चलन रहि आएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *