जनकपुरधाम, पुस २२ गते ।
सरकारले बढायो उखुको मूल्य वृद्धि गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल करिब ४६ रुपैयाँ बढी हो।
योसंगै अब उँखुको मूल्य ५९० रुपैयाँ पुगेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत कृषि मन्त्रालयले पेस गरेको मूल्य मन्त्रिपरिषदले अनुमोदन गरेको हो ।
गत आर्थिक वर्ष २०७७।७८ का लागि सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो।
तर यसपटक किसानले उखुको मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँ माग गरिरहेका थिए।
निर्धारित समर्थन मूल्य ५९० रुपैयाँमध्ये किसानलाई उद्योगीले ५२० रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *