धनुषाको औरही गाउँपालिकाका प्रशासकीय अधिकृतलाई वडा न.३ का स्थानीयबासीले कालोमोसो दलेका छन् । आफुहरुले धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाको संसदीय विकास कोषको रकमबाट वडा नम्बर-३ कपटौलमा मण्डल सेवा समिति निमार्णका लागि विनियोजन गरिएको बजेटको हिसाबकिताब पारदर्शी गर्न पटक-पटक आग्रह गर्दा पनि वेवास्ता गरेको भन्दै सोमबार प्रशासकीय अधिकृत संतोष शर्मालाई स्थानीयहरुले कालोमोसो दलेका हुन् ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषामा प्रशासकिय अधिकृत शर्माले चार जनाविरुद्ध असार ९ गते उजुरी दर्ता गरेको गापा अध्यक्ष ब्रह्मदेव यादवले बताउनुभयो । उजुरी परेकाहरुको नाम गोप्य राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेपछि प्रहरी गाउँमा पुगेर युवाहरुलाई गिरफतार गर्न खोजेपछि स्थानिय महिलाहरुले प्रतिकार गर्दा प्रहरी फिर्ता भएको स्थानियले बताएका छंन् ।

जनता समाजवादी पार्टी औरही गापाले संसदीय विकास कोषको रकममा गापा अध्यक्ष ब्रह्मदेव यादव र प्रशासकिय अधिकृत शर्माले भ्रष्ट्राचार गर्न लागेको भन्दै सयौको संख्यामा महिला र पुरुषहरुले जनकपुरमा नारावाजी गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको जनता समाजवादी पार्टीका नेता चन्द्र नारायण मण्डलले बताउनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *