सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा शुक्रबार समसामयिक राजनीतिक घटनाक्रमको बारेमा सर्वदलीय छलफल हुँदैछ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरूलाई छलफलमा बोलाइएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभए । दिउँसो २ बजे सङ्घीय संसद भवन नयाँबानेश्वरमा सुरु हुने छलफलमा सहभागिताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्राचार गरिएको सभामुखको सचिवालयले जनाएको छन् । दोस्रो पटक संसद विघटन भएपछि सभामुख सापकोटाले कानुनविद, पूर्व सभामुख लगायतका सरोकारवाला निकायसँग परामर्श गर्नुभएको थिए । कानुनविदसँगको कुराकानीमा सभामुख सापकोटाले संसद विघटनविरुद्ध संविधान अनुसार नै असाधारण कदम पनि चाल्न सक्ने चेतावनी दिनुभएको थिए ।
सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

प्रशासकीय अधिकृतको निधनपछि धनुषा प्रशासनको सेवा स्थगित

धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने जुलीको घोषणा

मुख्यमन्त्री कार्यालयमा १४ हजार साईकल खरिदको अर्को फाइलमाथि पनि अख्तियारको नजर

भारतको नयाँ उपराष्ट्रपति बने जगदीप धनखर

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट
