देशमा राजनीतिक उतार चढावका कारण दिनदिनै खस्किदै गैरहेको छ चाहे त्यो शिक्षा क्षेत्र होस या अरु केही । शिक्षाको कुरा गर्ने हो भने अहिलेको सामुदायिक विद्यालयको स्तर र निजि विद्यालयको स्तर हेर्दा आकाश पातालको फरक देख्न सकिन्छ।

एक अर्काको कुरा नमिलेको कारणले यसले देशमा विभिन्न अपराधहरु लम्काउने गर्छ । देश बिकास नहुनुको कारण आपसमा कुरा नमिलेको पनि एउटा ठुलो कारण हो। युवाहरु राजनीति दलहरू पछाडी लागेर आफै आफैमा विवाद गर्छ , अनि कसरी हुन्छ त हाम्रो समाज र देश बिकास यो कुरा एक चोटि सबै युवाहरु ले पक्कै पनि सोच्नु पर्छ। सबै युवाहरू एकजुट हुँदा मात्र देश बिकास हुन सक्छ । हामी बुझ्न् सक्छौ एउटा औंलाले सबै काम गर्न सक्दैन सबै काम गर्नलाई पाँचऔटै औंला एक साथ जोड्नु पर्छ अनि मात्र हुन्छ । अहिलेको वर्तमान परिस्थिति हेर्दा राजनीति शब्दको गन्दकिले भरिएको समाजले अस्वच्छता महसुस गरिरहेको छ। हामी त्यो देशमा छौँ जहाँ विभिन्न जात जातिका मानिस वसोवास गर्छ र यहाँ विभिन्न युवा अभियान्ता तथा नेताहरू विभिन्न राजनीति दल को पछाडी लागेर समाज र देशको बिकास गर्ने प्रति कसैको ध्यान जादैन । त्येही भयेर म सबै युवाहरुलाइ एक जुट भयेर समाज र देशको बिकास गर्ने प्रति लागौ भनी आग्रह गर्न चाहान्छु ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *