साउदीका लागि नेपाली राजदुत प्रा.डा महेन्द्र सिंह राजपुतले क्वारेन्टाइनको क्रममा अस्पतालमा मृत्युबरण गरेका धनुषाको हंसपुर नगरपालिका ७ प्रसाहीका १६ वर्षीय किशोर राजु सदाको परिवार पचास हजार सहयोग गर्ने घोषणा गरेका छन । नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंहसंग कुराकानी गर्दै राजदुत सिंहले आफु साउदी अरबमा राजदुतको रुपमा कार्यरत रहुन्जेल पिडित,असहाय,बिमारी लगायतका लाई प्रत्येक बर्ष ने.रु एक लाख सहयोग गर्ने सार्बजनिक रुपमा घोषणा गरेको आफ्नो बाचा स्मरण गर्दै मृतक राजु सदाको पारिवारिक अवस्था मनन गरि मानबिय हिसाब ले सहयोग राशी घोषणा गरेको बताएका छन् । आफ्नो पुर्खयौली थातथलो प्रदेश नं २ को धनुषा जिल्लास्थित हंसपुर नगरपालिका वडा नं. ३ रहेको र मृतक समेत सोही नगरपालिका वडा(७ निवासी भएकोले उनको मृत्यु पछी उनको परिवारको दुरह आर्थिक अवस्थाका कारण ले पालनपोषण लगायतमा समस्या पर्ने जानकारी र अवस्था बारे आफु स्वयम् पनि जानकार रहेको ले मानबिय नाता ले सहयोग गर्न लागेको बताउदै सिंहले आफ्नो सानो सहयोग ले केहि भए पनि मद्दत् पुग्ने आशा लिएको बताए ।


छिमेकी मुलुक भारतमा रोजगारी गर्न गएका धनुषा जिल्ला हसपुर नगरपालिका(७ परसाई स्थायी निवासी साह लकडाउनको समयमा नेपाल फर्किएका थिए र स्थानीय क्वारेन्टाइन मा राखिएका थिए । जहाँ उनी बिरामी थिए उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा हुदै गर्दा उपचारमा लापरवाही हुँदा अस्पतालको बेड मै साहको निधन भएको समाचार बाहिरिएको थियो । उनको निधनमा क्वारेन्टाइन ब्यबस्थापक र अस्पताल प्रशासनको चरम लापरबाही भएको तथ्य सहित समाचार बाहिरिए पछि प्रदेश नं २ सरकार ले छानबिन समिति गठन गरेको छ । नेपाली राजदुत को रुपमा साउदी अरबमा कार्यरत रहेका प्रा.डा महेन्द्र सिंह राजपुतले बिगत मा समेत बिभिन्न अभियान,बिमार व्यक्तिहरु लाई आर्थिक सहयोग गर्दै आएका छन्। हालै मात्र प्र.म कोरोना सहयोग कोषमा उनले व्यक्तिगत रुपमा ने.रु ६०,६८० सहयोग गरेका थिए ।
प्राप्त जानकारी अनुसार उनले दिलबहादुर घर्तिमगर बचाउ अभियानमा ने.रु ३०,०००,प्रेम राई बचाउ अभियान मा ने.रु ३०,०००,बासुरी नाग गुठि,ललितपुर कुसुन्ती लाई ने.रु २५,०००र,आफ्नो पैत्रिक थलो मा बै.रो मृतकको श्राद्धमा ने.रु ४५०००,साउदी बाट उद्दार गरिएका बिरामी धर्मनाथ पासवान को सहयोगार्थ ने.रु १५,००० साथै बिगत लामो समय देखि अचेत अवस्थामा साउदी अरबको हस्पिटल मा रहेका चन्द्रेस्वर मुखिया को सहयोगार्थ ने.रु १५,००० सहयोग गरेका छन। राजदुत सिंह ले हालै को ३ बर्ष मा दुई लाख सतरी हजार सहयोगार्थ कार्यमा हातेमालो गरेको देखिन्छ । राजदुत को रुपमा क्रियाशील रहंदा आफु कार्यरत मुलुक संग कूटनीतिक लगायतका सम्बन्ध बिस्तार गर्ने र त्यहाँ कार्यरत आफ्नो नागरिकको ईतिबृति मा योगदान दिने साथै अभिभावकत्व निर्बाह गर्दै सँरक्षण गर्ने मूल कर्तब्य रहन्छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *