प्रदेश नं २ का सामुदायिक रेडियोहरूले कोभिडको समयमा रेडियोहरु ठूलो सङ्कटमा रहेकाले सहयोग गर्न प्रदेश सरकारसँग माग गरेका छन् । सामुदायिक रेडियो प्रसारक संघले गरेको प्रदेश नं २ का सामुदायिक रेडियो र सरकारका प्रतिनिधिबीच गरेको छलफलमा सामुदायिक रेडियो प्रसारकहरूले सामुदायिक रेडियोले सूचना प्रवाहमा ठूलो योगदान गरे पनि सरकारले सामुदायिक रेडियोलाई सहयोग गर्न नसकेको बताएका हुन् । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोलाई अहिलेको सङ्कटमा राहत दिनको लागि बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो । सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नं २ का अध्यक्ष मनोज यादवले सरकारले सामुदायिक रेडियोलाई प्राविधिक सहयोग गर्नुपर्ने बताउनुभयो । आमसञ्चार प्राधिकरण प्रदेश नं २ का अध्यक्ष श्याम सुन्दर यादवले मधेशका रेडियोहरूले मधेशमा सचेतना फैलाउन र भाषा संरक्षणमा योगदान गरेको टिप्पणी गर्नुभयो । यादवले रेडियोका लागि मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयबाट बजेट छुट्याउनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रेडियोको सवलीकरण र रेडियोकर्मीको क्षमता विकासका लागि आमसञ्चार प्राधिकरणले कार्यक्रम ल्याउने प्रतिवद्धता पनि अध्यक्ष यादवले व्यक्त गर्नुभए । सीआईएन र सामुदायिक रेडियोहरुसँग भाषाको कार्यक्रमहरु प्रसारण गर्नको लागि कार्यक्रम ल्याउने उहाँको भनाइ थिए । राज्यको अभियानमा सामुदायिक रेडियोले अग्रमोर्चामा सघाइरहेको तर सरकारले सामुदायिक रेडियोसँग सहकार्य गर्न नचाहेको सामुदायिक रेडियो प्रसारक संघका महासचिव किशोरजंग थापाले बताउनुभए । संघका पूर्व महासचिव गोविन्द देवकोटाले राज्यले गरेका लोककल्याणकारी विषयलाई जनतामाझ लैजाने सामुदायिक रेडियोभन्दा कमिसन दिने निजी सञ्चारमाध्यमलाई सरकारले सहयोग गरिरहेको धारणा राख्नुभयो । संघका उपाध्यक्ष निमेश कर्णले प्रदेश सरकारलाई पटकपटक सामुदायिक रेडियोले ज्ञापन र माग पत्र बुझाए पनि सरकारले सहयोग नगरेको गुनासो गर्नुभए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *