लहान । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका ३ तीनकुने चोकमा बिहीवार अन्तर मावि स्तरीय जेरी खाने हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सहभागी मावि महदेवा पोर्ताहा, मावि मौवाही र मावि सोठिआइनका विद्यार्थीहरुले समान ८÷८ अंक ल्याएका थिए । मावि महेसवारीका विद्यार्थीहरु चौथो स्थानमा सिमित रहे । चारै माविलाई मायाको चिनो सिल्ड प्रदान गरियो भने विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । शान्तिनगर बजार विकास समितिको सातौं जन्मोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगिताका प्रमुख अतिथि नेकपा एसका साँसद अशोक यादव र विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष केदार यादव थिए । उनीहरुले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता बजार समितिका अध्यक्ष रामनारायण यादवको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा वडाध्यक्ष महेन्द्र प्रसाद यादव र शिक्षकहरु लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष केदार यादवले बजार व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले शिक्षा स्तर बढाउन विभिन्न क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । अध्यक्ष यादवले अब गाउँपालिकामा शिक्षक–शिक्षकबीच पनि प्रतियोगिता गराउने बताए । उनले गाउँपालिकाको विकासमा कुनै कसर बाँकी नराख्ने भन्दै बृद्ध भत्ता वितरणमा ढिलो भएपछि रकम नै खायो भनेर गलत प्रचार गरिएकोमा आपत्ति जनाए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *