जनकपुरधाममा शुक्रवार संस्थागत विद्यालयमा कार्यरत्त शिक्षकहरुको बैठकबाट संस्थागत विद्यालय शिक्षक युनियन धनुषा (इस्टु) तदर्थ समिति गठन गरेको छ । मोनाष्टिक स्कुलमा कार्यरत्त शिक्षक शैलेन्द्र कुमार झाको अध्यक्षतामा गठित २१ सदसीय तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा विपिन कुमार सिंह (इपास), महिला उपाध्यक्षमा न्यु ईगलिसकी शिक्षिका शोभा मंडल , सचिवमा न्यु ईगलिसका संजित कुमार यादव , कोषाध्यक्षमा राजर्षि स्कुलका लिंकन कर्ण , सह—कोषाध्यक्षमा मोनाष्टिकका अच्युत्तम बराल रहेका छन । त्यस्तै सदस्यहरुमा आरसिएसका विकास कुमार झा , जनकपुर पब्लिकका अमित अंशु , साउथ प्वाईन्टका बरुण झा , श्रीराम स्कुलका राजेश कुमार मल्लिक, स्वर्णिमका मधुकर आजाद , न्यु ईगलिसकी पुष्पा साह , रबिचन्द्रलाल कर्ण , डेफोडिल्सका संजिव कुमार शर्मा रहेका छन । बांकी रहेका अन्य सदस्यहरु पछि चयन गरिने जनाईएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण विश्वव्यापी महामारीको रुपमा फैलिन थालेपछि सरकारले शिक्षण संस्थानहरु बन्द गरेपछि संस्थागत विद्यालयमा कार्यरत्त शिक्षकहरु समस्यामा परेको छ । चैत महिनादेखि बन्द भएका विद्यालयले शिक्षकहरुलाई कुनै पारिश्रमिक नदिँदा निजी विद्यालयका शिक्षकहरुलाई दैनिक छाक टार्नै मुस्किल परेको संस्थागत विद्यालयमा कार्यरत्त शिक्षकहरुले गुनासो पोखेका छन । संस्थागत विद्यालय शिक्षक युनियनका समस्या सम्बोधनमा सरकारको समेत ध्यानाकर्षण हुनुपर्ने उनीहरुको माग छ । संस्थागत विद्यालय शिक्षक युनियन धनुषाले आफना समस्याहरु बारे प्रदेश नं. २ का मुख्यमन्त्री , जनकपुरधाम उपमहानगरपालिका लगायतका सरोकारबला निकायहरुलाई ध्यानाकृष्ट गराउने कार्यक्रम समेत रहेको संस्थागत विद्यालय शिक्षक युनियन धनुषाले जनाएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *