नेकपामा दुबै समुहले एकअर्कालाई आरोपप्रत्यारेप गर्नेक्रम अझैँ रोकिएको छैन् । नेकपाका दुबै समुहले संसदमा रहेको काँग्रेस र समाजवादी पार्टीलाइ आफ्नो समर्थनमा ल्याउन पहल गरिरहेका छन् भने आफु नै आधिकारिक रहेको र हुने धारणा पनि राखिरहेका छ् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रचण्ड–नेपाल समूहलाई चुनौती दिनुभएको छ । प्रचण्ड– नेपाल समूहले आफूलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको दावी गरिरहेको तर्फ इंगित गर्दै उहाँले आफूलाई विधि र पद्धतिबाट हटाउन चुनौती दिनुभएको हो । पोखरामा सोमबार आयोजित नेकपा ओली समूहको कार्यक्रममा प्रधानमन्त्री ओलीले विधि र पद्धति अनुसार आफूलाई हटाए आफू प्रतिपक्षमा बस्न तयार रहेको बताउनुभयो । नेकपाको अर्को समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसलापछि नैतिकताको आधारमा प्रधानमन्त्री केपी ओली शर्मा ओलीले राजीनामा गर्नुपर्नेमा उल्टै आफैँले जिते जस्तो गरेर हिँड्न थालेको टिप्पणी गर्नुभएको छ । काठमाडौँमा सोमबार भएको पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघ बीचको एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले नैतिकता गुमाएको टिप्पणी गर्नुभएको हो । सोमबार बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले विवादलाइ छिटो टुङ्गो लगाइदिन निर्वाचन आयोगलाइ आग्रह गर्ने निर्णय गरेको छ भोलिका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो ।

  • 518
    Shares
सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *