पुजा कुमारी मंडल
नेपालको संविधान २०७२ लागु भएको आज ६ वर्ष पूरा भएको छ । नागरिकलाई लोकतन्त्र, गणतन्त्रको अनुभूत र अधिकार सम्पन्न गराउने उदेश्यले २०७२ असोज ३ मा नयाँ संविधान जारी गरिएको थियो । संविधान दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रमहरु गरिएको छ । दिवसको अवसरमा नेपाली कांग्रेस जनकपुरधाम नगर समितिद्वारा नोचा पोखरी (चुनचुनवती सर) को सर—सफाई गरिएको छ ।

संविधान दिवस, पितृ तर्पण र जितिया पर्वलाई ध्यानमा राखी सर—सफाई गरिएको नेपाली कांग्रेस जनकपुरधाम नगर समिति सभापति मनोज साहले बताएका छन । प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सयौंको संख्यामा नेपाली कांग्रेसका नेता , कार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *