प्रदेश नं. २ का प्रदेश सभा सदस्य रामअशिष यादवले बौद्धिक व्यतिmहरु राजनीतिमा नआउंदा शासन सता अयोग्य व्यतिmको हातमा पुगेको बताएका छन । नेपाल बौद्धिक पेशाकर्मी महासंघ प्रदेश नं. २ ले शनिवार जनकपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दैै उनले ७० प्रतिशत जनताको अधिकार वर्तमान संविधानमा नसमेटिनु संविधान आफैमा विभेदकारी रहेको बताए । उनले विश्वको जुनसुकै आन्दोलनको सफलतामा बुद्धिजीवहरुको महत्वपुर्ण भुमिका रहेको बताउंदै विभेदमा परेकाहरुको अधिकार संरक्षण नभएसम्म देश समाजिक र आर्थिक रुपले अगाडि बढन नसक्ने बताए । नेपाल बौद्धिक पेशाकर्मी महासंघ प्रदेश नं. २ सदस्य अमरेन्द्र झाको अध्यक्षतामा भएको सो कार्यक्रममा दर्जनौं व्यतिmहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य रामस्वार्थ राय , प्रदेश सदस्य शेषनारायण यादव , जनकपुरधाम नगर अध्यक्ष विष्णुदेव साह , मधेश प्यावसन जिल्ला अध्यक्ष सुजित मिश्र , रा.रा.व.क्याम्पस प्राध्यापक चन्द्रदेव पाठक , ज.स.पा प्रदेश समिति सदस्य ममता पाठक , संघीय परिषद सदस्य भोला मिश्र लगायतका जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *