प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस धनुषाले प्रतिनिधिसभाको चार वटै निर्वाचन क्षेत्रमा सोमवार विरोध प्रदर्शन गरेको छ । कांग्रेस धनुषाले क्षेत्र नं. १ को धनुषाधामबाट मोटरसाईकल जुलुशसहित बिरेन्द्रनगरबजार हाती चोकमा , क्षेत्र नं. २ को शहिदनगर नगरपालिकामा , क्षेत्र नं.३ को नगराईनमा र क्षेत्र नं. ४ को महेन्द्रनगरमा विरोध प्रर्दशन गरेको हो । नेपाली कांग्रेस क्षेत्र नं. ३ मा प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै नेताहरुले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको संसद संविधानको रक्षाको लागी पनि पुर्नस्थापना हुनुपर्ने बताएका छन् । उनीहरुले संसद पुर्नस्थापनाको मांग गरेका छन । नेपाली कांग्रेसको नेतृत्वमा संविधान बनेको स्मरण गराउँदै संविधानको रक्षा गर्ने अभिभारा पनि कांग्रेसको भएको बताउंदै नेताहरुले नेपाली कांग्रेस सर्बसत्ताबादका बिरुद्ध आन्दोलनमा होमिएको र संसद पुर्नस्थापनाका लागि एक जुट भएर लागेको बताएका छन ।


उनीहरुले सरकार अहिले भ्रष्टाचारमा डुबेर उत्रिनै नसकेको आरोप लगाए । कोभिड महामारीमा समेत सरकार र सरकारका मन्त्रीहरु जनताको पक्षमा काम गर्न छोडेर भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउदै सरकारले तीन वर्षको अवधिमा भ्रष्टाचार बाहेक अरु केही काम गर्न नसकेको बताए । विकासका सवालमा प्रधानमन्त्री ओलीको कुनै दृष्टि नभएको भन्दै सत्तामा बसेर शासन गर्ने बाहेक केहि पनि काम प्रधानमन्त्रीबाट नभएको जिकिर गरे । नेपाली कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति कन्हैया कर्णको अध्यक्षतामा भएको विरोधसभामा नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , प्रतिनीधिसभा सदस्य स्मृति नारायण चौधरी , मिनाक्षी झा , प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी सहितका नेताहरुले सम्बोधन गरेका थिए । कांग्रेसले देशव्यापी रुपमा १६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ सोमवार विरोध प्रदर्शन गरेको हो ।
धनुषाको क्षेत्र नम्बर १ को धनुषाधाममा काँग्रेसका नेता आनन्द प्रसाद ढुंगाना, क्षेत्र नम्बर २ को शहिदनगरमा नेता रामकृष्ण यादव, धनुषाको क्षेत्र नम्बर ३ को नगराईनमा प्रदेश नम्बर २ का संसदीय दलका नेता रामसरोज यादव र क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा नेता महेन्द्र यादव सहितले कोणसभामा सम्बोधन गरेका थिए । कोणसभामा नेताहरुले असंवैधानिक र अलोकतान्त्रिक ढंगले संसद विघटन गरेको भन्दै प्रर्दशनसहित नाराबाजी गरेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *