यही साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो । सोमवार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ । जसअनुसार श्रमिकको आधारभूत पारिश्रमिक मासिक नौ हजार तीन सय ८५ रूपैयाँ हो भने महँगी भत्ता पाँच हजार ६ सय १५ गरी जम्मा १५ हजार रूपैयाँ कायम गरिएको हो । नयाँ व्यवस्था अनुसार श्रमिकले दैनिक ५ सय ७७ रूपैयाँ पारिश्रमिक पाउने छन् । जसमा तीन सय ६१ रूपैयाँ आधारभूत पारिश्रमिक र दुई सय १६ रूपैयाँ महँगी भत्ता रहने उल्लेख गरिएको हो । प्रतिघण्टाका दरले हिसाब गर्दा श्रमिकले ७७ रूपैयाँ पाउने छन् । जसमा ४८ रूपैयाँ आधारभूत पारिश्रमिक र २९ रुपैयाँ महँगी भत्ता रहनेछ । तोकिएको पारिश्रमिकका अतिरिक्त श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र प्रचलित कानुनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायत सुविधा समेत रोजगारदाताले श्रमिकहरूलाई उपलब्ध गराउनु पर्नेहो । श्रमिकको पारिश्रमिक हरेक दुई–दुई वर्षमा पुनरावलोकन गरिँदै आएको हो । अघिल्लो वर्ष नै पारिश्रमिक पुनरावलोकन हुनुपर्ने भए पनि कोरोना महामारीको कारण देखाउँदै पुनरावलोकन गरिएको थिएन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *