शुक्रबार साउने सङक्रान्ति, देशभर स्नान, दान गरेर मनाइँदैछ । सूर्यले मिथुन राशीको भोग पूरा गरी कर्कट राशीमा प्रवेश गर्ने पहिलो दिन भएको हुनाले शुक्रबार देशभर साउने सङ्क्रान्तिलाई विशेष रुपमा मनाउने गरिन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । शुक्रबारको दिनमा हिलो मैलोका कारण लाग्ने छालासम्बन्धी रोग ठीक गर्न भन्दै लुतो फाल्ने परम्परा पनि छ । परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमासमेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने परम्परा हो । यसलाई लुतो फाल्ने भनिन्छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *