शहिद सत्यनारायण साह स्मृति प्रतिष्ठान नेपालले आईतवार होली पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शहिद सत्यनारायण साह स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष हरिशंकर साहको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले शहिद साहको योगदान अविस्मरणीय रहेको भन्दै शहिद साहको नाउँमा उनकै पुर्खौली गाउँ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा शहिद सत्यनारायण साह स्मृति द्वार तथा द्वारमाथि उनको मुर्ति स्थापना गर्नुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा शहिद सत्यनारायण साह स्मृति प्रतिष्ठान नेपालका उपाध्यक्ष शत्रुधन श्रेष्ठ , महासचिव दिलिप यादव , सचिव गीता देवी श्रेष्ठ , कोषाध्यक्ष ललिता साहको उपस्थिति रहेको थियो । त्यस्तै सदस्यहरु धिरेन्द्रमोहन झा , धनिराम दास , राजकुमार पुर्वे , सिता श्रेष्ठ , दालकुमारी श्रेष्ठ , धु्रव श्रेष्ठ , राजन सिंह , किशोर मंडल , फुल कुमारी चौधरी , संरक्षक सुरज नायक , सुनिता साह , सल्लाहकार वरिष्ठ पत्रकार रामभरत साह , मनोज साह , उमेश साह , सत्यनारायण साह सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

  • 546
    Shares
सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *