बैशाख १३
धनुषाको शहिदनगर नगरपालिकामा सिसि टिभि क्यामारा जडान गरिएको छ । नगरपालिका भित्र पर्ने विभिन्न चौका सहित नगरपालिकाको कार्यालय लगाएत १६ वटा क्यामरा जडान गरिएको छ । नगरपालिका भित्र पर्ने मुल सडक हुलाकि राजमार्गबाट अबैध सामानहरु भरतबाट भित्रिने गरेकोले सुरक्षाको दृष्टिकोणले क्यामरा जडान गरिएको सहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले बताए ।
उनले सुरक्ष्या निकायसंग पनि प्रयाप्त जनशक्ति नभएकोले राम्ररि गस्ति नहुँदा तस्करि,चोरि,लुटपाट,जस्ता कार्यहरु बढिरहँदा यसबाट कम हुने र चोर,तस्करहरु समात्न मदत पुग्ने मेयर बरबरियाले बताए ।
सहिदनगरपालिका भित्र पर्ने भठ्ठि चौकमा एउटा ३६० डिग्रि घुम्ने क्यामरा लगाइएकोले यसबाट सम्पुर्ण गतिविधिहरु ह्ेरिने र अपराधिक कार्यकम हुने नगरपालिकाका वाडा सचिव सुदिप भटराइले बताए । नगरपालिकाको कार्यालयमा विभिन्न सामाग्रीहरु सुरक्षीत र नगरपालिकामा कामगर्ने क्रर्मचारीहरु समयमा आएर जनताको कामकाजमा छिटोछरीतो होस भन्ने तरीकाले सि टि,भि क्यामाराको जडान गरीएको स्थानिय रुपेश बिराजिले बताए ।
सिहदरवारको अधिकार गाउँघरमा आएपछि जनताको सेवाको लागी र जनताको कामकाज छिटो छरितो रुपमा नगरपालीकाबाट होस भन्ने तरीकाले सिसिटिभि क्यामरा जडान गरीएको छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *