धनुषाको शहिदनगर नगरपालिकामा रामायण हजारी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बिहीवार सम्पन्न प्रतियोगितामा मावि महुलीया प्रथम स्थान हासिल गरेको छ । त्यस्तै प्रतियोगितामा राष्ट्रिय आधारभूत विद्यालय यादूकुहा द्धितिय , जनता निमावि कुम्भकरण तृतिय स्थान हासिल गरेको छ भने जनता आधारभूत विद्यालय माथिपट्टि बिसरभोडा चतुर्थ स्थान प्राप्त गरेको छ ।

रामायण हजारी जवाफ प्रतियोगिता राष्ट्रिय आधारभूत विद्यालय यदुकुहा , राष्ट्रिय प्राथमिक विद्यालय डुमरिया , आधारभूत विद्यालय हडबडा , जनता आधारभूत विद्यालय नाथपट्टि , मावि महुलिया , जनता निमावि कुम्भकरण सहभागी थिए । शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रदीप साह , लालबाबु हाथी , धनेश्वर यादव लगायतका व्यतिmहरुले आ आफना मनतब्य राखेका थिए ।

कार्यक्रममा विशेष सहयोग गर्ने विजय सिंह ,विष्णु देव यादव ,ब्रह्मदेव यादव ,बेचन नदाफलाई सम्मान पनि गरिएको थियो । प्रतियोगिताको निर्णायकको भूमिकामा शहिदनगर नगर पालिकाका स्रोत व्यक्ति धनेश्वर यादव र मिथिला एकता समाजका अध्यक्ष डिके चौधरी रहेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *