पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यका सहित देशका अधिकांश स्थानमा पानी परेको हो । पानी परेका कारण काठमाडौं आसपासका डाडाकाडामा हिमपात भएको छ भने देशका अधिकाशं हिमाली भेगमा पनि हिमपात भएको हो । हिमपात निरन्तर हुँदा नागरिकको जनजीवन प्रभावित पनि भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका उच्च पहाडी र हिमाली भागमा बाक्लो हिमपात भइरहेको र शुक्रबार राती पनि हिमपात हुने संभावना रहेको हो । कुराकानीमा महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पहाडी र तराईका भागमा मध्यमदेखि भारी वर्षा भइरहेको हो । अझै शनिबार दिउँसो सम्म मौसम यस्तै नै रहने छ र पर्सिबाट मात्रै मौसममा पूर्ण सुधार आउदै जाने उहाँले बताउनुभए । बिहीबार रातिदेखि सक्रिय भएको पश्चिमी वायुको प्रभावले देशका अधिकाशं ठाउँमा वर्षा र हिउँ परेको मौसम पूूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मानन्धरले बताउनुुभए । पानी र हिउँ परेका कारण मौसम चिसो भएकाले आफ्नो स्वास्थ्य ख्याल गर्नको लागि मौसमविद्हरूले आग्रह गरेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *