बंगलादेशले जारी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा अफगानिस्तानलाई ६२ रनले पराजित गरेर बंगलादेशले अन्तिम चारमा पुग्ने सम्भावना जीवित राखेको हो ।

साउथह्याम्प्टनमा भएको खेलमा २६३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४७ ओभरमा सबै विकेट गुमाएर २०० रन बनायो । उसका लागि समिउल्लाह शिन्वारीले ४९, गुल्बदिन नैबले ४७ तथा राहमत शाहले २४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बंगलादेशका शकिब अल हसनले पाँच विकेट लिए । यस्तै मुस्ताफिजुर रहमानले दुई विकेट लिए ।

यसअघि पहिला ब्याटिङ्ग गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ६२ रन जोड्यो । बंगलादेशका विकेटकिपर मुसफिकर रहिमले सर्वाधिक ८३ रन जोडे । पूर्व कप्तान शकिब अल हसनले ५१ रन बनाए । तामिम इकबालले ३६, मोस्सादेक होसेनले ३५ र महमदुल्लाहले २७ रन बनाए ।

अफगानिस्तानका बलर मुजिब उर रहमानले तीन विकेट लिए । गुलबादिन नैबले दुई विकेट हात पारे। सात खेलमा तेस्रो जित निकालेको बंगलादेश पाँचौँ स्थानमा छ र उसकोा सात अंक छ । उ चौथो स्थानमा रहेको इंग्ल्याण्ड भन्दा एक अंकले मात्रै पछि छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *