नेकपा माओवादी केन्द्रले एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन ९अनन्त०ले जानकारी दिए । प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । आफ्नो निवास खुमलटारमा आयोजित पार्टीको पूर्वस्थायी कमिटी बैठक सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खर बालुवाटार पुगेका छन्। सत्ता गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच एमसीसी अनुमोदनमा सहमाति गर्न लागिएको हो।
