किशोर कुमार मंडल
कोभिड–१९ (कोरोनाभाइरस) कारण समस्यामा परेका शहिदनगर नगरपालिका वडा नं. ७ मा स्थानीय व्यवसायी सुकदेव मंडलले विभिन्न खाद्यन्न समाग्री वितरण गरेका छन । ज्योति टेन्ट हाउसका संचालक मंडलले ५ किलो चामल , दाल , तरकारी , तेल , नुन , चाउचाउ , बिस्कीट सहितका खाद्यन्न समाग्री १८ जना विपन्न परिवारलाई वितरण गरेका छन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित बनेकालाई राहत वितरण गरिएको मंडलले बताएका छन । कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् । यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *