कोरोना महामारीमा व्यवसायीहरुले मनलाग्दी दैनिक उपभोग्य वस्तुको भाउ बढाएको उपभोक्ताहरूले गुनासो गरेको छन् । कोरोनाको समयमा खाद्यान्न ढुवानी नभएको भन्दै व्यापारीले मूल्य बढाइरहेको उपभोक्ताहरू बताउँछन् । दुई वर्षअघि प्रतिलिटर एक सय ३० रुपैयाँमा पाइने सूर्यमुखी तेलको मूल्य अहिले बढेर २ सय ४० रुपैयाँ पुगेको छ । तर सरकारको अनुगमन नहुँदा महंगो मूल्य तिर्न भएको नुवाकोटका इनोज कुँवर बताउँनुहन्छ ।

२ बर्ष अघि किलोको ७० रुपैयाँ पर्ने हरियो केराउ अहिले १ सय ५० पुगेको छ । १ सय १० रुपैयाँमा पाइने रातो दालको मूल्य १ सय ३० पुगेको छ भने १९ सयमा पाइने २० किलोको मसिनो चामलको मूल्य २३ सय ५० पुगेको छ । १५ सय रुपैयाँमा पाइने ३० किलोको चामलको मुल्य पनि ६ महिनाको फरकमा झण्डै दोब्बरले बढेको छन् । धुलो नुनको मूल्य पनि ठाउँ अनुसार फरक छ । चामलको भाउ बढेर किनेर खान नसक्ने अवस्थामा पुगेको पाल्पा पूर्वखोला गाउँपालिकाका जयबहादुर घर्तीले बताउनुभयो । सरकारको तथ्याङ्कमा भने मूल्य घटेको देखिन्छ । नेपाल राष्ट्र बैँकले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा समग्र मुल्यवृद्धि ३ दशमलव ६५ प्रतिशत मात्रै रहेको जनाएको छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुल्यवृद्धि ६ दशमलव ५ प्रतिशत थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष घ्यू, तेलको मुल्य २८ प्रतिशत र माछा मासुको मूल्य भने १७ प्रतिशतले बढेको आर्थिक अनुसन्धान विभागका प्रमुख डा प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाको कारण आम्दानी घटेको समयमा खाद्यान्नको मूल्य बढ्दा नागरिकलाइ भान्छा चलाउनै मुस्किल छन् । पूर्व गभर्नर तथा अर्थविद डा दिपेन्द्र बहादुर क्षेत्री सरकारले उत्पादन बृद्धिलाई जोड दिँदै बजार नियन्त्रण गर्न सके मात्रै अश्वाभाविक मुल्यवृद्धि हुन नपाउने बताउनुहुन्छ । सरकारले नियन्त्रण तथा अनुचित व्यापारिक कृयाकलापलाई निरुत्साहित गर्न नियमित बजार अनुगमन गरिरहेको दाबी गरेको छ । वाणिज्य आपुुर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशक शिवराज सेढाइँ अनुगमन पछि ९ सय ९० फर्मलाई कारवाही गरेर झण्डै ३ करोड रुपैयाँ जरीवाना गरिएको बताउनुहुन्छ । सरकारी तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशत मूल्यबृद्धि थियो । तर यस आर्थिक वर्षको १० महिनामा त्यो झण्डै आधाले घटेर ३ दशमलव ६५ प्रतिशत भएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *