।।

जनकपुर , बैशाख ३

हरेक वर्ष वैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवसका रूपमा मनाउने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष बैशाख २ गते विद्यालयमा बालबालिका भर्ना दिवस मनाउने निर्णय गरेको हो । बैठकले प्रत्येक वर्ष वैशाख २ गतेदेखि १६ गतेसम्म देशभर विद्यार्थी भर्ना अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भर्ना अभियान सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लग्नुभएको थियो । ‘सबै बालबालिकालाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षित देश बनाऔँ’ भन्ने नाराका साथ प्रत्येक वर्ष दिवस र अभियान मनाउने निर्णय भएको शिक्षामन्त्री पोखरेलले बताउनुभयो । सरकारले यसवर्ष पनि अभिभावत्क ग्रहण गरेका बालबालिकाको पठनपाठनमा सहयोगका लागि निरन्तरता दिन आह्वान गरेको भन्दै उहाँले अन्य बालबालिकालाई भर्ना गराउन सहयोगको अपिल पनि गरिएको बताउनुभयो । देशभर अझै ६० हजारभन्दा बढी विद्यालय उमेर समूहमा बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *