नेपाल प्रेस युनियन धनुषाले २९ औँ वार्षिकोत्सवको अवसरमा मंगलवार वृक्षारोपण कार्यक्रम गरेको छ । युनियन धनुषाले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ मा वार्षिकोत्सवको अवसरमा वृक्षारोपण गरेका हुन ।

नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर कमिटिका सभापति मनोज साहले कोरोना भाईरस कोभिड १९ का बिच पत्रकारिताको काम सजिलो नभएको उल्लेख गर्दै देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताएका छन । उनले तिनै तहका सरकार यसप्रति गम्भिर नभएको आरोप समेत लगाएका छन । उनले जनकपुरमा पत्रकारलाई कोरोना संक्रमण देखिएको बताउँदै पत्रकारको निःशुल्क परिक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सरकारसँग माग गरेका छन । उनले श्रमजीवी पत्रकार यो बिचमा कयौं बेरोजगार भएको, बिज्ञापन ब्यवसायमा असर पर्दा मिडिया हाउसहरु संकटमा परेको, देशभरिमा कयौं दैनिक र साप्ताहिक पत्रिका बन्द भएको बताउँदै पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्न ब्यवस्थित राहत प्याकेज ल्याउन काँग्रेसले यस अघि नै माग गरिसकेको जानकारी गराए । उनले जनकपुरधामसहित देशभरका क्वारेन्टिनलाई व्यवस्थित बनाउने, पर्याप्त स्वास्थ सामग्रीको व्यवस्था गर्ने, अत्यावश्यक राहतको उचित ब्यवस्थापन गर्ने र बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने विषयमा ठोस योजना हुन नसकेको स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी रहेको धारणा व्यक्त गरेका छन । कोरोना भाईरस कोभिड १९ को त्रासबिच पत्रकारहरुले आम नागरिकलाई सूसूचित बनाउने कार्यलाई निरन्तरता दिएकोमा आभार व्यतm गरेका छन । पत्रकारहरु आफनो कर्तव्य निष्ठापूर्वक निर्वाह गरेकोमा उनले नेपाल प्रेस युनियन लगायत सम्पूर्ण पत्रकारहरुलाई धन्यवाद ज्ञापन गरेका छन । सभापति साहले लक डाउनका कारण आम नागरिक समस्यामा परेको भन्दै लक डाउन अवधिको विद्युत महशुल , बैंक व्याज , सरकारले नै तिरी जनतालाई सहयोग गर्नुपर्ने मांग गरेका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा , वरिष्ठ पत्रकार रामभरत साह , नेपाल प्रेस युनियनका सचिव निरंजन साह , युवा पत्रकार कैलाश दास , किशोर मंडल सहितका पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *