वी.पी.कोईराला युवा नेतृत्व विकास मञ्च जिल्ला कार्य समिति धनुषा सोमवार गठन गरिएको छ । मञ्चको अध्यक्षमा रामबिलास धनकार चयन भएका छन । उपाध्यक्षमा राममणि कुशवाहा , मो.फिरोज खान , उर्मिला महरा रहेका छन भने सचिवमा रामपदार्थ साह , कोषाध्यक्षमा रामभरोष यादव र सह—सचिवमा मनिष यादव रहेका छन । त्यस्तै सदस्यहरुमा संजय नायक , अशोक सिंह , राकेश साह , संतोष कुमार यादव , जितेन्द्र कुमार यादव , मो.इजराइल साफी , रामह्दय यादव , धिरेन्द्र कुमार मण्डल , फेकू महरा , विनोद कुमार साह , राम जुलुम सदा , भरोसी महरा र पवन देवी सहितका रहेका छन ।
