प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले विस्थापित अस्थायी शिक्षकहरुसंग प्रदेश सरकार रहेको बताएका छन । उनले संघ सरकार सुस्त गतिमा अगाडि बढेको र प्रदेशलाई कुनै अधिकार नदिएकै कारण यस्तो अवस्था उत्पन्न भएको बताएका छन । विस्थापित अस्थायी शिक्षकहरुलाई प्रदेश २ सरकारको पहलमा स्थापित हुनुपर्ने विषयक अन्तरक्रिया कार्यक्रमलाई शनिवार प्रमुख अतिथिको आसनबाट आफनो मनतव्य राख्दै उनले हाल प्रदेश सरकारसंग कुनै अधिकार नरहेको तर विस्थापित अस्थायी शिक्षकहरुलाई स्थापित गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन । शिक्षामा फरक फरक नीति ल्याउने कारणका कारण यो क्षेत्र नै धराशाही हुने प्रति चिन्ता व्यतm गर्दै यसको संरक्षण सबैको दायित्व भएको बताएका छन । कार्यक्रममा प्रदेश २ का सभासद रामचन्द्र मंडलले प्रदेश सरकारसंग कुनै अधिकार नभएकोले विस्थापित अस्थायी शिक्षकहरुका लागि हाल प्रदेश सरकार केही गर्न नसक्ने बताए । उनले प्रदेश २ सरकारसंगको विस्थापित अस्थायी शिक्षकहरुबको आशा परिणाम बिहिन रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेस जनकपुरधाम नगर कमिटि अध्यक्ष मनोज कुमार साहले विस्थापित अस्थायी शिक्षकहरुसंग नेपाली कांग्रेस रहेको प्रतिवद्धता जनाए । विस्थापित अस्थायी शिक्षकहरुको सबालमा नेपाली कांग्रेस कडा रुपमा अवाज उठाउने बताएका छन । आफुलाई कथित मधेशवादी भनाउन रुचाउनेहरु नै मधेशको पक्षमा नरहेको र राजपा फोरम नै राजधानीको सबालमा गम्भिर नरहेको उनले बताए । विस्थापित अस्थायी शिक्षक संघका प्रदेश २ अध्यक्ष बिगु यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न शिक्षक आवद्ध पदाधिकारी लगायत विस्थापित अस्थायी शिक्षक र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *