विश्व रेबिज दिवस मा भेटेरिनरी शिक्षण अस्पतालमा मा अन्तर्कृया कार्यक्रम :-प्रत्येक बर्ष सेप्टेम्बर 28 मा मनाइने बिश्व रेबिज दिवस यस बर्ष पनि Rabies:Facts not Fear वा रेबिज:तथ्य बुझौ त्रसित नहोऔ को मुल नारा सहित निशुल्क खोप तथा अन्तर्कृया कार्यक्रम मा यस त्रिभुवन विश्वविद्यालय,कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान का क्याम्पस प्रमुख डा.राम भजन मण्डल,भेटेरिनरी शिक्षण अस्पताल का निर्देशक डा.शम्भु शाह,प्राध्यापक डा.यम गुरुङको विशेष उपस्थिती मा विभिन्न बिषयमा छलफल गर्दै- क्याम्पस क्षेत्र वरिपरि रहेका छाडा कुकुर को ब्यवस्थापन तथा रेबिज विरुद्ध को खोप तथा बन्ध्याकरण कार्यक्रम यस शिक्षण अस्पताल ले गर्दै आएको तथा भविष्य मा पनि गर्दै जाने तथा Rabies Elimination Mission-2030 लाई सहयोग गर्दै जाने प्रतिक्रिया दिनु भएको छ,रेबिज एक प्राण घातक रोग रहेको र त्यस्ता बिषाणु जनीय रोग लाई निर्मुल गर्न यस संस्थान सधै अग्रसर रहने प्रतिबद्धता सहित आज निशुल्क रेबिज विरुद्ध को खोप पनि दिइने जानकारी गराउनु भयो।सथै यस अन्तर्कृया कार्यक्रममा यस संस्थान का उप प्राध्यापक डा.राकेश कुमार यादव,डा.निर्मल कटुवाल,डा.शशी शर्मा, डा.सृजन बास्तोला,डा.शत्रुघन शाह,डा.सुरेन्द्र कानु र डा.चेत राज पाठक को गरिमामय उपस्थिति रहेको कुरा संस्थान का उप-प्राध्यापक डा.सुमन कुमार सिंहले जानकारी दिएका छ्न।
