विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ करोड नाघेको छ । गत २४ घन्टामा थप ८ लाख ८५ हजार ५ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १५ करोड २ लाख १२ हजार ५१ पुगेको हो । यस्तै गत २४ घन्टामा विश्वभर थप १५ हजार २ सय ८४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३१ लाख ६३ हजार ४ सय ९८ पुगेको हो । हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये १२ करोड ७७ लाख २७ हजारभन्दा बढी स्वस्थ भएका छन् । गत २४ घन्टामा थपिएका सङ्क्रमितमध्ये भारतमा सबैभन्दा धेरै ३ लाख ७९ हजार ४ सय ५९, ब्राजिलमा ७७ हजार २ सय ६६, अमेरिकामा ५६ हजार ६ सय ४, टर्कीमा ४० हजार ४ सय ४४, फ्रान्समा ३१ हजार ५ सय ३९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *