विश्वभर कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ४२ लाख नाघेको हो । पछिल्लो २४ घण्टामा ९ हजार ८९९ जनाको मृत्यु भएसँगै विश्वभर सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४२ लाख २ हजार ५ सय ६५ पुगेको हो । खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन । बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा सङ्क्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ७६ हजार ५ सय ७८ जनानमा सङ्क्रमण भएको हो । यस्तै थप ४ सय ७२ जनाको मृत्यु भएको हो । योसँगै अमेरिकामा ६ लाख २८ हजार ८३ जनाको मृत्यु भइसकेको हो । यसैगरी ब्राजिलमा ५ लाख ५३ हजार २ सय ७२ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *