विश्वभर कोरोनाको नयाँ सङ्क्रमित थपिनेभन्दा पनि निको हुने दर बढ्दै गएको हो । गत २४ घण्टामा २४ लाख नयाँ सङ्क्रमित थपिँदा २८ लाख निको भएका कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको हो । योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ४० करोड ६१ लाख नाघेको हो । जसमध्ये ३२ करोड ५९ लाख निको भएका छन् भने ५८ लाख ७ हजारको मृत्यु भएको छ । गत २४ घण्टामा मात्रै १० हजार ७ सयको मृत्यु भएको हो । अझै पनि ७ करोड ४३ लाख सक्रिय सङ्क्रमित रहेकामा ८९ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *