विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १७ करोड नाघेको हो । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ५ लाख २ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रण पुष्टि भएको हो । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १७ करोड १ लाख १९ हजार ६ सय ४५ पुगेको हो । यस्तै गत २४ घन्टामा विश्वभर ११ हजार ८ सय ९७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो। योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३५ लाख ३७ हजार ८१ पुगेको हो ।

हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्य १५ करोड २ लाख ९६ हजार ५ सय ३१ जना स्वस्थ भएका छन् । गत २४ घन्टामा थपिएका सङ्क्रमितमध्य भारतमा सबैभन्दा धेरै १ लाख ७१ हजार ७ सय २६ जना रहेका छन् भने ब्राजिलमा ५० हजार ४ सय ९५ जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै गत २४ घन्टामा भारतमा सबैभन्दा धेरै ३ हजार ५ सय ६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ब्राजिलमा २ हजार ४ सय जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *