कतारमा आगामी वर्ष आयोजना हुने विश्वकप फुटबलको एसियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले शुक्रबार अस्ट्रेलियासँग खेल्दै छन् । कुवेतको अन्तर्राष्ट्रिय रङगशालामा हुने खेल राति पौने १० बजे सुरु हुने छ । समूहमा नेपालले यसअघि अस्ट्रेलियासँग ५–० गोलको हार ब्यहोरेको थिए ।

नेपाल समूहमा ७ खेलबाट ६ अंक जोडेर चौथौ स्थानमा छ । अस्ट्रेलिया ६ खेलबाट १८ अंकसहित शीर्षस्थानमा छन् । नेपालले ७ खेल खेलेर पनि अंक जोड्न नसकेको चाइनिज ताइपेईविरुद्ध मात्र दुवै जित हात पारेको थियो । ताइपेई समूहको पाचौँ तथा अन्तिम स्थानमा छन् । नेपाल यसअघि अस्ट्रेलियासँग भएको पहिलो खेलमा ५–० गोलले पराजित भएको थिए । नेपाली टोली पछिल्लो खेलमा गत जुन ७ तारिखमा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *