नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले बुधवार नेकपा सरकारको विभेदकारी नागरिकता विधेयक विरुद्ध जनकपुरमा विरोध जुलुश निकालेको छ । नागरिकता विधेयक विभेदकारी रहेको भन्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ पिडरिया माईस्थान स्थित नेपाली कांग्रेस धनुषा पार्टी कार्यालयबाट निस्केको विरोध जुलुश मुरली चोक , राम चोक हुदै जनक चोकमा पुगी चोकमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै वतmाहरुले नागरिकता ऐन संशोधन बिधेयक खारेज गर्नुपर्ने मांग गरे । सरकारले नागरिकता संशोधन विधेयक ल्याएर मधेश र भारतबीचको सम्बन्ध तुहाउन खोजेको उनीहरुले दाबी गरेका छन् ।

मधेश र भारतका नागरिकबीच वर्षौंदेखि हुँदै आइरहेको वैवाहिक सम्बन्धलाई नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने प्रावधान राखेर सरकारले सांस्कृतिक र सामाजिक सम्बन्धमाथि प्रहार गरेको उनीहरूको भनाई थियो । वतmाहरले विधेयकले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धमा नकारात्मक असर पर्ने बताउंदै सात वर्षे प्रावधानले नेपाली बुहारीहरुमाथि अन्याय हुने कुरामा जोड दिए ।

संशोधन विधेयकले नेपाली बुहारीहरुमाथि राजनीतिक, आर्थिक र सांस्कृतिक शोषण हुनुका साथै मानसिक रुपमा प्रताडित हुने टिप्पणी गरे । नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई ७ वर्ष पछि मात्र अंगिकृत नागरिकता दिने नेकपाको निर्णय र नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन् । वर्षौंदेखिको सम्बन्ध अन्त्य गर्ने उद्देश्यले ल्याइएको विधेयक फिर्ता नगरिए सशक्त आन्दोलनमा जाने उनीहरूले चेतावनी दिएका छन् । नेपाली कांग्रेस जनकपुरधाम नगरसभापति एवम मेयरका प्रत्यासी मनोज साहको नेतृत्वमा भएको विरोध प्रदर्शनको कोणसभामा प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, प्रदेश सांसद शिवचन्द्र चौधरी, महिला संघकी सरस्वती व्यतिmहरूले सम्बोधन गरेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *