राहुल कुमार सिंह
नेपाली कांग्रेस धनुषाले सोमवार नेकपा सरकारको विभेदकारी नागरिकता विधेयक विरुद्ध जनकपुरमा विरोध जुलुश निकालेको छ । नेपाली कांग्रेस धनुषा पार्टी कार्यालयबाट निस्केको विरोध जुलुश मुरली चोक , राम चोक , जनक चोक , शिवचोक हुंदै भानु चोकमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै नेपाली कांग्रेसका धनुषा सभापति महेशशंकर गिरीले नागरिकता ऐन संशोधन बिधेयक खारेज गर्नुपर्ने मांग गरे ।

उनले विधेयकले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धमा नकारात्मक असर पर्ने बताउंदै सात वर्षे प्रावधानले नेपाली बुहारीहरुमाथि अन्याय हुने कुरामा जोड दिए । सभापति गिरीले संशोधन विधेयकले नेपाली बुहारीहरुमाथि राजनीतिक, आर्थिक र सांस्कृतिक शोषण हुनुका साथै मानसिक रुपमा प्रताडित हुने टिप्पणी गरे । नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई ७ वर्ष पछि मात्र अंगिकृत नागरिकता दिने नेकपाको निर्णय र नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागको सो प्रस्ताव खारेज गर्न उनले माग गरेका छन् ।

कार्यक्रममा पुर्व सांसद चन्द्रमोहन यादव , नेपाली कांग्रेसका उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , प्रफुल्लराज घिमिरे , धनुषा क्षेत्र नं. ३ का क्षेत्रिय सभापति कन्हैयालाल कर्ण , जनकपुरधाम नगर सभापति एवम् जनकपुरधाम उपमहानगरपालिका मेयरका प्रत्यासी मनोज साह , गणेश तिवारी , नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रवेश चौधरी सहितका व्यतिmहरुको सहभागिता रहेको थियो । प्रदर्शनमा सहभागीहरुले ‘नागरिकता विधेयक खारेज गर’,‘केपी ओली सरकार राजनीमा दे’, आफ्नो घर परिवार छाडेर, नातागोता तोडेर आएकी महिला दासी होइनन्, महिलामाथि गर्न लागिएको विभेद अन्त्य गर लगायतका नारावाजी गरेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *