विदेह नगरपालिका वडा नम्बर २ ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावितहरु बनेकालाई राहत वितरण गर्न सुरु गरेको छ । वडा कार्डाललयले अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्तालाई राहत वितरण सुरु गरेको वडाध्यक्ष श्रवण कुशियैतले जानकारी दिए । उनले सोमबार दुहबी टोलमा ४५० जनालाई राहत वितरण गरिएको र अन्य प्रभावितलाई पनि क्रमशः राहत वितरण गरिने जानकारी दिए । राहत सामग्रीमा चामल, दाल, तेल, नुन,चिनी,चिउरा,साबुन लगायतका खाद्य सामग्री रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् । यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको थियो । राहत बितरण कार्यक्रममा प्रमुख अतिथिमा विदेह नगरपालिका नगर प्रमुख बेचन दास ,उप प्रमुख निलम देवी मण्डल, वडाध्यक्ष श्रवण कुशियैत ,नेपाली कांग्रेस विदेह नगरपालिकाका साभापति शिबशंकर मण्डल,पार्टी प्रतिनिधि लगायतका नागरिक समाजका उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *