कोभिड–१९ (कोरोनाभाइरस) कारण समस्यामा परेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ मा वडाध्यक्ष शिव कुमार साहले विभिन्न खाद्यन्न समाग्री वितरण गरेका छन । वडाध्यक्ष साहले ५ किलो चामल , आधा किलो दाल , डेढ किलो आलु , आधा लिटर खाने तेल , १ वटा मास्क , १ किलो नुन सहितका खाद्यन्न समाग्री १५० जना विपन्न परिवारलाई वितरण गरेका छन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित बनेकालाई राहत वितरण गरिएको वडाध्यक्ष साहले बताएका छन ।


कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् । यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *