प्रतिनिधि सभा विघटनको विरुद्ध कानुनी लडाइका लागि नेपाली काँग्रेससहित विपक्षी दलका सांसदहरूको भेला आईतवार हुँदहो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने शनिवारको विपक्षी गठबन्धनको बैठकले निर्णय गरेको थिए । त्यही प्रयोजनका लागि हस्तक्षर सङ्कलन लगायत कागजी प्रक्रिया पु¥याउन सांसदहरू एक ठाउँमा भेला हुन लागेका हुन् । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीले गलत नियतका साथ प्रतिनिधि सभा विघटन गरेका कारण कानुनी लडाईँका लागि आफूहरू बैठक बस्न लागेको बताउनुभयो । आईतवार बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा विपक्षी गठबन्धनका सांसदहरूको भेला हुँदै हो । रिट लेखन र हस्ताक्षर सङ्कलन कार्य सकिएमा आजै नभए भोलिसम्ममा सर्वाेच्च जाने तयारी विपक्षी दलहरूको हो । विपक्षी गठबन्धनमा काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सहभागी छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले शनिवार बिहान पौने २ बजे संसद् भंग गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनावको घोषणा गर्नुभएको थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *