अनिल कर्ण
सामुदायिक विद्यालयको प्रतिष्ठा जोगाउन भइरहेको सरकारी प्रयासलाई जनकपुरधाम–२४, बसहियामा रहेको श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालयले प्रगति गर्नुमा प्रधानाध्यापक महावीर दासको भूमिका महत्वपूर्ण रहेको स्थानीयहरुले बताएका छन् ।
जनकपुरधाम–२४ नम्बर वडाका वडाध्यक्ष सत्यनारायण साहका अनुसार यस विद्यालयको प्रगतिको लागि जनप्रतिनिधी, समाजका अगुवाहरु, सबै राजनीतिक दलका अगुवाहरु समेत सक्रिय नै रहे पनि विद्यलयको प्रगतिमा प्रधानाध्यपक दासको भूमिका महत्वपूर्ण छ । उहाँ विहान देखि वेलुका सम्म विद्यालयको कार्यमा व्यस्त रहनुहुन्छ । विद्यालयमा बढी समय दिनु, सबैसँग समन्बय गर्नु, शिक्षक स्टाफहरुसँग पनि राम्रोसँग घुलमिल हुनु नै रहेको छ ।


जनकपुरधामको ग्रामीण भेगमा नमुना विद्यालयको रुपमा प्राविधिक धार तर्फ तीन बर्षे डिप्लोमा सिभिल इन्जिनीयरिङ्ग, प्राविधिक एस.एल.सी.–१८ महिने, कक्षा ११ र १२ मा समेत राम्रो नतीजा ल्याइरहेको तथा यसै शैक्षिक सत्र देखि अंग्रेजी माध्यम कक्षा ६ देखि कक्षा ९ सम्म संचालन हुनुले यस विद्यालयले नमुना विद्यालयको रुपमा विकास गरिरहेको स्थानीय बुद्धिजीवी शिवरतनको भनाइ रहेको छ । उहाँको अनुसार विद्यालयको प्रगतिमा प्रधानाध्यापक दासको भूमिका प्रशंसनीय रहेको छ । प्रधानाध्यापक सक्रिय भएपछि विद्यालयको प्रगति हुँदो रहेछ, यो सन्देश पनि यहाँवाट प्रवाह भएको छ । साथै समाजसेवी, बुद्धिजीवी शिक्षाप्रेमी, शिक्षकहरु तथा दाता परिवारको अहम योगदानले यो विद्यालय भौतिक एवम् शैक्षिक क्षेत्रमा दिन प्रतिदिन प्रगति तर्फ लम्कि रहेको छ ।


विद्यालयका प्रधानाध्यापक महावीर दास भन्नु हुन्छ, आफू २०७४ सालमा यस विद्यालयको प्रधानाध्यापकको पदमा आसिन भएपछि विद्यालय माथि शिक्षक कल्याण कोषको ४ लाख ऋण रहको थियो । जम्मा २२ जना शिक्षक कर्मचारी स्टाफ मात्रै थियो । अहिले ३२ जना शिक्षक–स्टाफ छ भने आर्थिक अवस्था राम्रो रहेको छ । विद्यार्थीहरुको संख्या ११८३ रहेको यस विद्यालयमा छात्र ६०३ र छात्रा ५८० रहेको छ । विद्यालयको आम्दानी ५ वटा पोखरी, खेती योग्य जग्गा, पर्ती रहेको छ । जनकपुरधाम उप–महानगरपालिका तथा राजनीतिक दलहरुको सकारात्मक सहयोगले यो विद्यालय नमुना विद्यालयको रुपमा स्थापित भएको छ ।
गत शैक्षिक वर्षको अन्ततिर जनकपुरधाम उप–महानगरपालिकाका नगर प्रमुख श्री लालकिशोर साहको विषेश पहलमा भारतीय दुतावासबाट विद्यालयको लागि बस उपलब्ध गराईएको छ । उक्त बस सेवाबाट सेवा क्षेत्रका अन्य गाउँहरुबाट विद्यालयमा विद्यार्थीहरुको सहज पहुँच हुने हुँदा विद्यार्थीहरुको सँख्यात्मक वृद्धि हुनुको साथै गुणात्मक शिक्षामा पनि पहुच वृद्धि हुने अपेक्षा लिएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *