धनुषाको एक सामुदायिक विद्यालयले लिने गरेको आरोप लगाईएको छ । धनुषाको बिदेह नगरपालिका वडा नं. ८ स्थित सरस्वती मा.वि. बफैमा रजिष्ट्रेसन फारमको लागि विद्यार्थीहरुसंग अतिरितm रकम लिईने गरिएको विद्यार्थीहरुले जनकपुरमा शुक्रवार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन । विद्यालयका प्राधानाध्यापक धनंनजय कुमार झा र वडाध्यक्ष राजकिशोर मंडलकै मिली भगतमा कक्षा ९ को रजिष्ट्रेसन फारमको दस्तुर ३ सय रुपैया रहेको ५ सय र कक्षा १० को ५ सय रहेकोमा ७ सयको दरले असुल गरिएको विद्यालयमा कक्षा ९ मा अध्यनरत विद्यार्थी सत्रुधन मंडलले बताएका छन । मंडलका अनुसार अतिरितm रकम नदिदां फारम भर्न नदिने चेतावनी दिएपछि डराएर विद्यार्थीहरु रकम तिर्न बाध्य भएको बताएका छन । पत्रकार सम्मेलनमा उपस्थित विद्यार्थी र अभिभावकहरुले विद्यालयमा पठन पाठन नहुने गरेको र गुनासो गर्दा उल्टै प्राध्यापक झा र वडाध्यक्ष मंडलले हप्काउने गरेको गुनासो पोखेका छन । विद्यालयको शैक्षिक अवस्था सुधारका लागि पहल गरिदिन विद्यार्थी र अभिभावकहरुले सरोकारबला निकायलाई आग्रह गरेका छन ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *