जेठ २४
विद्यार्थीहरुले धनुषाको विदेह नगरपालिकाको कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन् । शिक्षकको तलब र भवन निर्माणको बजेट रोकेको भन्दै स्थानीय जनता नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
तालाबन्दी अघिदेखि नै कार्यालयमा मेयर, उपमेयर र कर्मचारी उपस्थिति थिएन । स्रोतका अनुसार तालाबन्दी गर्ने सुइको पाएपछि मेयर बेचन दास र कर्मचारी कार्यालय छाडेका थिए । कार्यालयमा ताला लगाउँदै विद्यार्थीहरु मेयरविरूद्ध नारा लगाएका छन् ।
मेयर दासले विद्यालय सुधार गरेका प्रधानाध्यापक पवन मण्डलको गुपचुप सरूवा गरेपछि विद्यार्थीहरु आक्रोशित बनेका छन् । विद्यालयमा भोतिक पुर्वाधार निर्माणका लागि करिब ४ करोड बजेट आएको र मेयरले कमिशन माग्दा नदिने बताएपछि आफ्नो सरुवा गरेको प्रधानाध्यापक मण्डलले गुनासो गरे ।
उनले सरूवा गरेको आधिकारिक पत्र भने नदिएको बताउँछन् । उनका अनुसार मेयर दासले कर्मचारीको तलब र विद्यार्थीको छात्रवृत्ति रकम समेत रोकेका छन् ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *