सरसफाई एवं फोहर मैला व्यवस्थापन सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले
सोमवार जनकपुर उपमहानगरपालिका वार्ड नम्बर २मा एक कार्यक्रमको आयोजना
गरिएको छ ।
कार्यक्रममा उपमहानगरपालिकाको २८ वटै वडाका विभिन्न स्थानमा आयोजना गरिंदै
आईएको जनचेतनामुलक सडक नाटक ‘कहु त’ को प्रदर्शन गरिएको थियो ।
रंगदर्पणले आयोजना गरेको सो नाटकमा फोहर मैला कहाँ फाल्ने ?
फोहरबाट पनि मोहर कमाउन सकिने , घर—घरमा चर्पी लगायतका सम्बन्धमा जनचेतना
जगाउने उद्देश्यमाथि नै केन्द्रित रहेको थियो ।


विद्यानगर टोल सुधार समितिका अध्यक्ष काशि यादवको बिशेष सक्रियता एवं वडा
नम्बर दुई का अध्यक्ष शिव कुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको
कार्यक्रमको मुख्य उद्देश्य जनजागृति नै रहेको अध्यक्ष यादवको कथन थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै वडा अध्यक्ष साहले फोहर मैलाको
व्यवस्थापनमा जनकपुर उपमहानगरपालिका अत्यन्त पछि परेको र तत्कालै सबै थोक
परिवर्तन गर्न नसकिने भएको हुँदा फोहरको बारे जनचेतनामा बृद्धि हुँदै
जाने बताए ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *