नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषाको विदेह नगरपालिका वडा नम्बर – ४ मा सम्पन्न भएको छ। नेपाली काङ्ग्रेसको वडा नम्बर ४ मा निर्विरोध रुपमा कमिटी चयन भएको छ।नवगठित कमिटीको वडा सभापतिमा मोसलिम साहको नेतृत्वमा २७ सदस्य नयाँ कर्यसमिती बिस्तार भएको हो । निर्वाचन आयोगले चुनावको समय तोकीदा आफ्नो पार्टीको बर्चस्व कार्यम गर्न गाउँ गाउँमा नयाँ समितिहरु गठन गर्न लगेका छन। केन्द्रका र धनुषाको निर्णय अनुसार कार्तिक ७ गते धनुषा जिल्लाको प्रत्येक वडा अधिबेशन शनिबार गराउनु पर्ने नेपाली काङ्ग्रेसका जिल्ला सभापति महेश शंकर गिरीले बताए।नवगठित समितीको सभापतिमा मोसलिम साह , उप-सभापतिमा बौवेलाल महरान, मुकेश पासवान ,सचिबमा भगवान दत्त गोईत , जलसिंह पासवान ,सह-सचिवमा अताउर रहमान अधिकारी, अकमल हुसेन , कोषाअध्यक्ष युसुफ राईन सदस्यहरुमा करीमन राईन, जुमरात अधिकारी, ब्रहमदेव दास , अरुण महरा, लगायत २७ सदस्य समिती चयन भएको छ । वडा र क्षेत्रीय कमिटी सर्वसम्मत रुपले चयन भएका युवा नेता प्रमोद छिटानले जानकारी दिनु भएको छ। समितीहरुले एक आपसमा सफल कार्यकालका लागि शुभकामना आदानप्रदान समेत गरेका थिए । धनुषाको १८ वटा स्थानीय तहको सम्पुर्ण वडाहरुमा वडा अधिबेशन सम्पन्न गर्न जिल्ला सभापति महेश शंकर गिरीले निर्णय गरेका छन्। नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले वडा अधिबेशन गराउन व्यस्त देखिएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *