विदेह नगरपालिका वडा नम्बर ६ ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावितहरु बनेकालाई राहत वितरण गर्न सुरु गरेको छ ।
वडा कार्डाललयले अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्तालाई राहत वितरण सुरु गरेको वडाध्यक्ष जयराम मण्डलले जानकारी दिए । उनले बिहीबार एकराही र गिद्धा टोलमा ४३६ जनालाई राहत वितरण गरिएको र अन्य प्रभावितलाई पनि क्रमशः राहत वितरण गरिने जानकारी दिए ।
राहत सामग्रीमा चामल, दाल, तेल, नुन,चिनी,चिउरा,साबुन लगायतका खाद्य सामग्री रहेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् ।


यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको थियो । राहत बितरण कार्यक्रममा प्रमुख अतिथिमा विदेह नगरपालिका नगर प्रमुख बेचन दास , वडाध्यक्ष जयराम मण्डल , नेपाली कांग्रेस विदेह नगरपालिकाका साभापति शिबशंकर मण्डल ,नेकपा नेता दुखी मण्डल ,राजपा प्रतिनिधि राजेन्द्र मण्डल,प्रगतिशिल युवा समाज कल्ब एकराहीका अध्यक्ष धिरज मण्डल लगायतका नागरिक समाजका उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *