जनकपुरधाम, भदौ १३ गते । वर्षौंदेखि जीर्ण रगेको जनकपुरधाम उपमहानगरपालिका–१ स्थित पुलचोकको सडक मर्मतको माग गर्दै स्थानीय युवाहरूले टायर बालेर प्रदर्शन गरेका छन् । आइतबार बिहान सर्वसाधारण तथा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको भन्दै युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत जनकपुरधाम १ स्थित पुलचोकमा स्थानीय युवाहरुले सडक अवरुद्ध गरेको स्थानीय युवा किसन साहले जानकारी दिए । उनका अनुसार स्थानीयले टायर बालेर र बाँस तेर्स्याएर सडक अवरुद्ध गरेका थिए । सडकमा भएका ठूला–ठूला खाल्डोको मर्मत गर्न पटकपटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि चासो नलिएपछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रनुपरेको साहले बताए । अहिले लगातार वर्षा हुँदा खाल्डोमा पानी जमेर एकदमै समस्या भएको स्थानीयको भनाइ छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *