नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सर्वसतावादतर्फ उन्मुख भएको आरोप लगाएका छन । नेपाली कांग्रेसका नेता प्रजातन्त्र सेनानी बलराम नायकको श्रद्धाञ्जली सभालाई शनिवार सबैलामा सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकार एकलौटी रुपमा अगाडि बढेको बताएका छन । देशको संविधान र शासन सत्ता बाँदरको हातमा गएको बताउंदै उनले लोकतन्त्रमाथि खतरा रहेको बताए । संघीयता, लोकतन्त्र र गणतन्त्रलाई समाप्त पार्न संकल्प, उद्देश्य र सिद्धान्तविहीन कम्युनिस्ट शासक ठूलो षड्यन्त्रमा लागेकोले देशमा विभिन्न संघर्षबाट आएको परिवर्तन संस्थागत गर्न कांग्रेस एकजुट हुनुको विकल्प नरहेको बताएका छन । उनले कांग्रेसले विगतमा गरेको कमी कमजोरीको आत्मसमिक्षा गर्दै जनता र देशको विकासमा लागेर अघि बढनुपर्ने निर्देशन दिँदै लोकतन्त्र र संघीयतालाई बचाउन अब जनतालाई विश्वासमा लिएर नयाँ शिराबाट अघि बढनुपर्ने आवश्यकता रहेको बताए ।


कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले वर्तमान सरकार अनाडीको हातमा गएको बताएका छन । उनले भने ‘अहिलेको शासन प्रणाली संघीय लोकतान्त्रिक प्रणाली हो जुन कम्युनिष्ट सिद्धान्त विपरित छ,’ । वर्तमान संविधानको आडमा सत्ता चलाई रहेको ड्राइभरबाट देश दुर्घटनामा फस्ने खतरा रहेको उनले बताए । नेपाली जनताको पक्षमा भएको प्रत्येक अधिकारको आन्दोलनको अगुवाई कांग्रेसले गरेको बताउँदै पूर्व उप प्रधानमन्त्री समेत रहेका निधिले जनताका लागि लड्ने पार्टी कांग्रेस मात्र रहेको दाबी गरे ।
नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना , फरमुल्लाह मंसुर , महेन्द्र यादव , रामकृष्ण याद , प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *