बैशाख २५
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सर्वसतावादतर्फ उन्मुख भएको आरोप लगाएका छन । बुधबार जनकपुरधाममा नेपाली कांग्रेस धनुषाले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उदघाटन गर्दै नेता पौडेलले वर्तमान सरकार एकलौटी रुपमा अगाडि बढेको बताएका छन । देशको संविधान र शासन सत्ता बाँदरको हातमा गएको बताउंदै उनले लोकतन्त्र र संघीयतामाथि खतरा रहेको बताएका छन ।
संघीयता, लोकतन्त्र र गणतन्त्रलाई समाप्त पार्न संकल्प, उद्देश्य र सिद्धान्तविहीन कम्युनिस्ट शासक समाप्त पार्न ठूलो षड्यन्त्रमा लागेकोले देशमा विभिन्न संघर्षबाट आएको परिवर्तन संस्थागत गर्न नेपाली कांग्रेस जागरण अभियानमार्फत अघि बढिसकेको भन्दै यस अभियानलाई प्रत्येक तह र तप्कामा जनतामा लग्न कार्यकर्तालाई निर्देशन दिएका छन ।
उनले कांग्रेसले विगतमा गरेको कमी कमजोरीको आत्मसमिक्षा गर्दै जनता र देशको विकासमा लागेर अघि बढनुपर्ने निर्देशन दिँदै लोकतन्त्र र संघीयतालाई बचाउन अब जनतालाई विश्वासमा लिएर नयाँ शिराबाट अघि बढनुपर्ने आवश्यकता रहेको बताए ।


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले सिंहदरबारलाई भ्रष्टहरुको आखाडाको संज्ञा दिदै प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टहरुको नाईके रहेको बताए । देशमा भईरहेको अपराध नियन्त्रण गर्नुको साटो सरकार अपराधीहरुलाई संरक्षणमा लाग्दा असुरक्षा बढेको केसीले बताए । उनले भने निर्मला काण्डका अपराधीहरु पता लागि सकेका छन सरकारले सार्वजनिक गर्न चाहिरहेका छैन ।


नेपाली कांग्रेस धनुषा अध्यक्ष महेशशंकर गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , महिला संघकी केन्द्रिय सदस्य निलम कर्णले आफनो धारणा राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेस धनुषा उपसभापति संतोष यादवले स्वागत मनतव्य राखेका थिए भने कार्यक्रमको उदघोषण नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादवले गरेका थिए ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *