आषाढ ७
नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादवले वर्तमान सरकार जनताको हितमा केही गर्न नसकेको आरोप लगाएका छन । उनले सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको बताएका छन । शनिवार जनकप्ुरधाम उपमहानगरपालिका वडा नं. २ कमिटिले आयोजना गरेको राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्दै नेता यादवले ओली सरकार सर्वसतावादी र लोकतन्त्रको मुल्य मान्यता विरोधी रहेको बताए ।
वडा नं. २ का कार्यवाहक सभापति रामलोचन यादवको अध्यक्षतामा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार दुई तिहाइको दम्भमा अधिनायकवादतर्फ उन्मुख रहेको बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगानाले पार्टीभित्रको अन्तरद्वन्द्वका कारण गत निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन र वर्तमान सरकारको अधिनायकवाद र दम्भलाई परास्त गर्न कांग्रेस एक ढिक्का हुनुको विकल्प नरहेको बताए ।
नेपाली कांग्रेसले नै देशमा विकासको लहर ल्याएको र कांग्रेस नै संविधान संशोधनको मुद्दा समेत अगाडि बढाउने बताए । आउने निर्वाचनमा कांग्रेसलाई नै जनताले विश्वास गर्ने बताउंदै उनले लोकतन्त्रको रक्षाको लागि कांग्रेस सदैव अग्रसर रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति महेशशंकर गिरी , क्षेत्रिय सभापति कन्हैया कर्ण , जनकपुरधाम नगर सभापति मनोज साह , पुर्व जनकपुरधाम नगर सभापति धिरेन्द्रमोहन झा , युवा नेता प्रफ्ुल्ल राजघिमिरे , गणेश झा , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *