जेठ २१
नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामकृष्ण यादवले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन । उनले ओली सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको आरोप लगाउंदै जनताको हितमा सरकार केही गर्न नसकेको आरोप लगाए । मंगलवार धनुषाको बिदेह नगरपालिका वडा नं. ६ स्थित तिनकौरिया चोकमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै नेता यादवले ओली सरकार लोकतन्त्र विरोधी , किसान विरोधी , मजदुर विरोधी , अधिनायकवादी , सर्वसतावादी र लोकतन्त्रको मुल्य मान्यता विरोधी रहेको बताए ।
वर्तमान सरकार अपराधी संरक्षण गर्ने सरकार भएको आरोप लगाउंदै यादवले हालसम्म निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्यान नसक्नु यसको उदाहरण रहेको बताए । हाल देशमा महंगीले आकाश छोई सकेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन रहेको बताए ।
नेपाली कांग्रेस धनुषा क्षेत्र नं. २ का क्षेत्रिय सभापति राजकिशोर सिंहको अध्यक्षतामा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार दुई तिहाइको दम्भमा अधिनायकवादतर्फ उन्मुख रहेको बताएका छन् ।


पुर्व कृषि मन्त्री समेत रहेका यादवले पार्टीभित्रको अन्तरद्वन्द्वका कारण गत निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन र वर्तमान सरकारको अधिनायकवाद र दम्भलाई परास्त गर्न कांग्रेस एक ढिक्का हुनुको विकल्प नरहेको बताए ।
उनले आफूलाई मधेसवादी भन्ने उपेन्द्र यादव र महन्थ ठाकुरले आआफ्नो पार्टीको नामबाट मधेस शब्द हटाएर मधेसका जनताप्रति बेइमानी गरेको बताए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य मुक्ता यादव , पुर्व सभासद दिनेश प्रसैला यादव , नेपाली कांग्रेस धनुषा अध्यक्ष महेशशंकर गिरी , सचिव विशेश्वर यादव , नविन गोहिवार सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *